कोरोनाभाइरसको आशंका गरिएका अधिकारी सार्वजनिक स्नानगृह गएपछि मृत्युदण्ड दिइयो

डिसी नेपाल
२ फागुन २०७६ ८:५०

काठमाडौं। कारोनाभाइरस संक्रमित भएको आशंका गरी क्वारेन्टाइनमा राखिएका उत्तर कोरियाका एक अधिकारी सार्वजनिक शौचालय गएपछि उनलाई मृत्युदण्ड दिइएको छ । ती अधिकारीलाई पक्राउ गरी तत्कालै गोली हानी मारिएको छ । दक्षिण कोरियाली मिडिया डोङ ए इल्बोलाई उद्धृत गर्दै डेलिमेलले लेखेअनुसार ती अधिकारी चीन गएर फर्केपछि उनलाई आक्ष्इसोलेसनमा राखिएको थियो ।

उत्तर कोरियाली अहिलेसम्म आफ्नो देशमा कोरोनाभाइरसको कुनै संक्रमणको पुष्टि गरेको छैन । रिपोर्टअनुसार ती अधिकारीलाई चीनबाट फर्केपछि क्वारेन्टाइनमा राखिएको थियो । चीन गएका वा चिनियाँहरुसँग सम्पर्कमा रहेका जो कोहीलाई आइसोलेसनमा रख्ने उत्तर कोरियाको नीतिअनुसार नै उनलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । अर्का एक अधिकारीले आफू चीन गएर फर्केको कुरा लुकाउन खोजेपछि उनलाई एक फार्ममा निर्वासित गरिएको समाचारमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *