काठमाडौंमा मात्रै वार्षिक दुई करोड भन्दा बढीको फर्सी भारतबाट आयात

धनकुमार कार्की
२ फागुन २०७६ १३:०४

काठमाडौं। काठमाडौंमा दैनिक २ टन फर्सी खपत हुने गरेको छ। स्वास्थका दृष्टिकोणले फर्सी स्वस्थ हुने र तरकारी खान र उसिनेर खान मिठो हुने भएकाले दिनानुदिन फर्सीको माग बढिरहेको हो।

तर माग बढेपनि आन्तरिक उत्पादन भने बढ्न सकेकाे छैन। जसका कारण काठमाडौंमा मात्रै बर्षेनी २ करोड भन्दा बढीको फर्सी आयात हुने गरेको छ। कालिमाटी फलफूल तथा तरकारी बजारका फर्सी व्यावसायी अशिम गौतमका अनुसार बल्खु ,टुकुचा बानेश्वर र राजधानीका प्राय सबैजसो सब्जी मण्डीमा उनीमार्फत दैनिक २ टनभन्दा बढी फर्सी बिक्री हुने गरेको छ। जम्मा खपत हुनेमा सिजनमा ४० प्रतिशत आन्तरिक उत्पादनबाट पूर्ति हुने र ६० प्रतिशत भारतको बङ्गालबाट ल्याउने गरिएको उनले बताए।

मुलुकभित्र विशेष गरी काभ्रे, रामेछाप जिल्लाबाट र अन्य जिल्लाबाट पनि केही मात्रामा आयात गरिँदै आयको छ। भारतबाट आएको फर्सी ढुवानी खर्च बढी हुने भएकाले किलोको ३० रुपैयाँदेखि ३५ रुपैयाँसम्म हालेर आयत गर्नुपर्ने र नेपालको फर्सीलाई २५रुपैयाँदेखि २८रुपैयाँसम्म हाल्ने गरेको र दुवै फर्सीको बजार मूल्य ४० देखि ५० रुपैयाँसम्म रहेको कुरा गौतमले डिसी नेपालसँगकाे कुराकानीमा बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *