अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको आवश्यकता : प्रधानमन्त्री ओली

डिसी नेपाल
२ फागुन २०७६ १४:१४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसाशित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताएका छन्। राष्ट्रिय सेवा दलको दिक्षान्त समारोहमा दिक्षीत विद्यार्थीहरुलाई शुक्रबार ललिपुरमा दज्य्रानी चिन्ह प्रदान गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुसाशित युवाको आवश्यकता रहेको बताएका हुन्।

उनले समाज र राष्ट्र निर्माणमा युवाहरुलाई ध्यान केन्द्रित गर्न आग्रह गरे। उनले भने, ‘तपाईँहरु माथि केवल आफ्ना अभिभावकहरुको मात्रै आशा र सपना निहित छैन, तपाईँका प्रध्यापक, नातेदार, समाज र राष्ट्रको पनि सपना र आशा रहेको छ। त्यसैले सर्वोत्कृष्ट समाज निर्माणको लागि यसै युवा अवस्थामा तपाईँहरुले आफ्नोे मनोबल उच्च गराउन आवश्यक छ। हरेक युवाले आफुमा कुशल नेत्रित्व क्षमताको विकास नैतिक आचरण र अनुसाशनको परिपालना निश्चित गर्दै समाज र राष्ट्रप्रतिको आफ्नो कर्तव्य बुझ्ने र पुरा गर्ने कर्तव्यनिष्ठ नागरिक बन्न ध्यान केन्द्रित गर्दछु।’

प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरुको चौतर्फी व्यक्तित्व विकासमा हरसम्भत सहयोग गर्न कटिबद्ध रहेको बताए।
उनले युवाहरु एकजुट भइ काम गरे जस्तोसुकै चुनौतिको सामना गर्न सक्ने उल्लेख गर्दै सबै युवालाई असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुटन सुझाव दिए।

उनले राष्ट्रिय सेवा दलबाट तालिम पाई सैनिक कला, नेपाली संस्कृतिको संरक्षण, परम्परालाई बचाउन र देशप्रति गौरव बढाउन दिक्षीत भएका विद्यार्थीको भूमिका अझबढी महत्वपूर्ण हुने बताए। राष्ट्रिय सेवा दलका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले दलको सुद्दृढीकरण र जनस्तरसम्म पुर्याउन सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए। राष्ट्रिय सेवा दलले आयोजना गरेको एक सय दिनको तलिममा विभिन्न विद्यालयका सात हजार सात सय विद्यार्थीहरु सहभागी रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *