कोरोना भाइरस : जापानमा २ जनाको ज्यान गयो

डिसी नेपाल
२ फागुन २०७६ १६:४४

टोकियो। नेपालकाे उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आतंकित बनाइरहेको छ। चीनमा मात्र कम्तिमा १३ सय मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ भने ४५ हजारभन्दा धेरै संक्रमित भएका छन्।

यसरी विश्वभर आतंक मच्चाइरहेको यो रहस्यमयी भाइरसले जापानमा पनि २ जनाको ज्यान लिएको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार अपरान्हसम्ममा जापानमा यो भाइरसले गर्दा २ जनाको ज्यान गएको हो । चारदिन अघि चीनमा रहेका एक जापानीको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको थियो भने बिहीबार जापानमै अर्का एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै १२ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । गम्भिर अवस्थामा उपचाररत मध्ये ४  जना जापानी नागरिक भएको पुष्टि भएपनि अन्यको बारेमा खुलाइएको छैन् ।

चीनबाट चार्टर विमानमा ल्याइएका ६ सय जापानीहरू मध्ये २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ४ जना तिनै संक्रमित मध्ये भएको जापानी समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

अन्य ८ जना योकोहामा पोर्टमा क्वारेन्टाइन गरिएको डायमन्ड प्रिन्स क्रुजमा रहेकाहरू हुन् । २७ सय यात्रु रहेको उक्त पानी जहाँजमा रहेका मध्ये हालसम्म २ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये १ सय १० जना जापानी नागरिक भएको खुलाएपनि जापानी अधिकारीहरूले थप विवरण सार्वजनिक गरेका छैनन् । १८ देशका नागरिक रहेको उक्त पानी जहाजमा रहेका मध्ये हालसम्म ७ सय १३ जनाको मात्र स्वास्थ्य परिक्षण सकिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *