जिम्बाब्वेसँगको खेलका लागि बंगलादेशको टेष्ट टिम घोषणा
एजेन्सी । जिम्बाब्वेसँगको टेष्ट खेलका लागि बंगलादेशले टोली घोषणा गरेको छ। आगामी २२ तारिखमा ढाकामा हुने एक मात्र टेष्टका लागि बंगलादेशले आईतबार १६ सदस्यीय टोलीको टुंगो लगाएको हो।
केही समयअघि पाकिस्तानसँग टेष्ट खेलेको बंगलादेशले टिममा केही परिवर्तन गरेको छ। बंगलादेशको टिममा ४ जना खेलाडी आउट हुँदा ६ जना खेलाडी टिममा परेका छन्। मुस्ताफिजुर रहमान, टस्किन अहमेद, मेहदी हसन मिराज, मुस्फिकुर रहिम, हसन महमुद र यासिर अली टिममा फर्किएका छन् भने मोहमदुल्लाह, अल अमिन होसेन, रुबेल होसेन र सौम्य सरकार बाहिर परेका छन।
बंगलादेशको भ्रमणमा आउने जिम्बाब्वे एक टेष्ट, ३ एकदिवसीय र २ टी–२० खेल्नेछ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment