बुन्डेसलिगामा शानदार जीतसँगै बायर्न म्युनिख शीर्षमा फर्कियो

डिसी नेपाल
५ फागुन २०७६ ८:४३

काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले जित हासिल गरेको छ । यससँगै उसले शीर्षको आरबी लेइपजिगलाई उछिन्दै शीर्षमा फर्किएको छ ।

गएराती सम्पन्न खेलमा बायर्नले कोलोग्नेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बायर्नको जितमा सेर्गी गनाब्रीले दुई गोल गरे भने रोबेर्ट लेवानडोस्की र किंग्सले कोम्यानले एक एक गोल गरेका थिए । त्यस्तै कोलोग्नेका लागि मार्थ उथले एक गोल फर्काएका थिए ।

यी जितसँगै बायर्न लिगको शीर्ष स्थानमा फर्किएको छ । बायर्नको २२ खेलमा ४६ अंक रहेको छ भने आरबी लेइपजिग बायर्नलाई पछाउदै २२ खेलमा ४५ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै कोलोग्नेको भने लिगमा २१ खेलमा २३ अंक रहेको छ र लिगको १४औ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *