चीनमा कोरोनाको संक्रमण घट्दै, सोमबार ९८ जनाको मृत्यु, ७४ हजार बढी संक्रमित

डिसी नेपाल
६ फागुन २०७६ ८:०२

काठमाडौँ । पछिल्ला केही दिनदेखि चीनमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गएको छ । संक्रमितको संख्या घट्दै गएपनि मृत्यु हुनेको संख्या भने उस्तै छ ।

चीनमा हिजो सोमबार मात्रै ९८ जनाको ज्यान गएको छ । यसमध्य हुबेई प्रान्तका मात्रै ९३ जना रहेको छन् । आइतबार चीनमा कोरोना भाइरसको संक्रमणबाट १०० जनाको ज्यान गएको थियो ।

हालसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट १८ सय ६८ जनाको ज्यान गएको छ । सोमबार मात्रै १ हजार ८ सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै हालसम्म चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ७४ हजार ४ सय ३६ पुगेको छ ।

चीन बाहिर कोरोना भाइरसबाट मंगलबार बिहानसम्म जापानमा २, हङ्कङ्मा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म २५ देशमा फैलिएको कोरोना भाइरसबाट एक हजार एक सय बढी मानिसहरु संक्रमित भएका छन् ।

चीन बाहिर सबैभन्दा बढी जापानमा कोरोनाको संक्रमण फैलिएको छ ।

सोमबार मात्रै जापानमा एक सय बढी संक्रमित फेला परेका छन् । मंगलबार बिहानसम्म जापानमा ५ सय १६ जना कोरोना संक्रमित फेला परेका छन् ।

संक्रमित मध्य १९ जनाको अवस्था चिन्ताजनक रहेको जापानस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै चीनको हुबेई प्रान्तबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपालीलाई १५ दिनका लागि क्वारेन्टाइनमा राखिएको छ।

दुई दिनको स्वास्थ्य परिक्षणमा उनीहरुको कोरोना भाइरसको कुनै संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *