सुरेनको ‘धन कमाउने’ गीत सार्वजनिक, भिडियोमा यसरी देखाईएको छ वैदेशिक रोजगारीले दिएको पीडा

डिसी नेपाल
८ फागुन २०७६ १३:१६
44
Shares

काठमाडौं। सुरेन बसेलको आवाजमा ‘धन कमाउने’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। गायक सुरेनकै शब्द तथा संगीत रहेको गीतमा विशाल निरौलाले संगीत संयोजन छन्।

सुरेन्द्र बसेलले निर्देशन गरेको भिडियोमा वैदेशिक रोजगारले निम्याएको पीडा ब्यक्त गरिएको छ। खुसीहरु बोकेर चाँडै फर्कीआउने वाचासहित विदेशीएका श्रीमान घाईते भएर फर्केपछिको कथा भिडियोमा हेर्न सकिन्छ। भिडियोमा श्रीमान–श्रीमतीको माया प्रेम, संगै रमाउने सपना अनि पीडा समेटिएको छ। सार्वजनिक गीत र भिडियोले नेपालीहरुको यथार्थ कथा बोकेको छ।

भिडियोमा सुजन आचार्य, सुजिता तिमिल्सिना र भुमि सापकोटाको अभिनय हेर्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन र कलर गरेका छन्। भिडियो गोल्डेन स्टार मुभिजको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *