भारतमा नेपाली तीर्थयात्रीको बस दुर्घटना, मृत्यु हुनेको संख्या १० पुग्यो

डिसी नेपाल
१० फागुन २०७६ ११:४९

काठमाडौँ । भारतमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ।

सुनसरीबाट ३४ जना तीर्थयात्री बोकेर माघ २३ गते तीर्थयात्राका लागि भारत पुगेको उक्त बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटना भएको थियो।

मृत्यु हुनेहरुमा इटहरीका ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० वर्षीय रसिलाल चौधरी, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीया मञ्जु राई, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरी रहेका छन्।

सोही दुर्घटनामा परी यसअघि नै ६ जनाको ज्यान गएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *