चीनमा फेरि बढ्यो कोरोना संक्रमण, आइतबार मात्रै १५० जनाको मृत्यु

डिसी नेपाल
१२ फागुन २०७६ १०:२७

काठमाडौँ । चीनमा पछिल्ला केही दिनयता घटेको कोरोना संक्रमितको संख्या पुन बढ्न थालेको छ। आइतबार मात्रै चीनमा कोरोना संक्रमणबाट ४०९ जना संक्रमित भएका छन् । शनिबार चीनमा ३९८ जना संक्रमित भएका थिए ।

चीनमा कारोना भाइरसको संक्रमणबाट आइतबार मात्रै १५० जनाको ज्यान गएको छ । शनिबार कोरोनाका कारण १४९ जनाको ज्यान गएसँगै चीनमा सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ९२ पुगेको छ ।

हालसम्म चीनमा ७७ हजार १ सय ५० जना संक्रमित भएका छन्।

पछिल्लो समय चीनसँगै अन्य देशमा पनि संक्रमितको संख्या बढ्दै गएको छ ।

चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ ।

चीनबाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ७ जनाको ज्यान गएको छ।
दक्षिण कोरियामा चीनबाहिर सङ्क्रमितको सर्वाधिक सङ्ख्या पुगेको छ।

दक्षिण कोरियामा अहिलेसम्म ७६० जनामा सङ्क्रमण भएका छन् ।

कोरोनाको संक्रमणबाट हङकङ र फिलिपिन्समा एक एक तथा जापानमा र इटलीमा २ जनाको ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *