दक्षिण कोरियामा कोरोना आतंक : ७ जनाको ज्यान गयो, ७ सय ६३ जना संक्रमित, नेपालीहरुमा त्रास
फाइल फोटो
सौल । चीनको वुहानबाट फैलिएको प्राणघातक भाइरस कोरोनाले दक्षिण कोरियामा ७ जनाको ज्यान लिएको छ । अहिलेसम्म चेकजाँचका क्रममा ७ सय ६३ जना यो भाइरसबाट संक्रिमत भएको पुष्टि भएको छ। यो वृद्धिसँगै दक्षिण कोरियामा चीनबाहिर सर्वाधिक संक्रमित व्यक्तिको संख्या पुगेको छ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले कोभिड–१९ अर्थात कोरोना भाइरस अन्तिम गम्भीर अवस्थामा रहेको घोषणा गरेका छन्।
संक्रमितको शिकार भएका मानिसको संख्या दुईगुना बढेपछि कोरियामा रहेका नेपालीहरू त्रसित भएका छन्। प्रकोप फैलिएपछि सौलस्थित नेपाली दूतावासले नेपालीहरुलाई सतर्क रहन आवह्रान गर्दे आएको छ ।
कोरोनाले महामारीको रूप लिएपछि यहाँका कतिपय कम्पनी ठप्प भएका छन् । अधिक मात्रामा भिडभाड हुने ठाउँ अहिले सुनसान छन्। सरकारले पनि अत्यावश्यक काम बाहेक बाहिर नहिँड्न अपिल गरेको छ । शहरहरूमा दैनिक उपभोग्य खाद्यान्न, तरकारी लगायतका समानहरुको अभाव हुन थालेको छ। त्यस्तै मार्ट लगायतका मार्केट पनि बन्द गरिएको छ। बजारमा सर्जिकल मास्कको पनि अभाव छ।
सरकारले भिडभाड हुने ठाउँमा नजान सुझाव दिएको छ। नेपाली कामदारहरूले अन्यौलताको बीचमा आफूहरूले काम गरिरहेको बताएका छन् ।
अहिलेसम्म दक्षिण कोरियामा सबैभन्दा बढि प्रभाव देखिएको क्षेत्र हो डाइग (थेगु)। त्यहाँ नेपालीको संख्या धेरै रहेको बताइन्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment