एसीसी ईस्टर्न रिजन टी–ट्वान्टी कपको ट्रफी सार्वजनिक

डिसी नेपाल
१६ फागुन २०७६ १७:५६

काठमाडौं । थाइल्याण्डमा आयोजना हुने एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ । थाइल्याण्डको बैंककमा प्रतियोगितामा सहभागी पाँच राष्ट्रका खेलाडीबीच ट्रफ्री सार्वजनिक गरिएको हो ।

शनिबारबाट सुरु हुने प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङको सहभागिता रहेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने यस प्रतियोगिता एसिया कप छनोट पनि हो । प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

नेपालले शनिबार मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *