प्रिमियर लिगः रेलिगेशन जोनमा रहेको नर्विचसँग तेस्रो स्थानको लिसेस्टर पराजित

डिसी नेपाल
१७ फागुन २०७६ ९:५८

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा रहेको लिसेस्टर सिटीलाई रेलिगेनमा रहेको नर्विच सिटीले हराएको छ । शुक्रबार राति भएको खेलमा लेस्टर नर्विच सिटीसँग उसैको मैदानमा १–० गोलले पराजित भयो । नर्विचको जितमा जमल लेविसले गोल गरे ।

जमलले ७०औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । जमलले म्याक्स आरोन्सको पासमा गोल गरेका थिए । पछिल्ला खेलमा कमजोर प्रदर्शन गरिरहेको लेस्टरले नर्विचबिरुद्ध लगातार गोलको अवसर गुमाएको थियो । यस हारसँगै लेस्टरले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी घटाउने मौका गुमाएको छ ।

लेस्टरको २७ खेलबाट ५० अंक छ । २१ अंक बनाएको नर्विच तालिकाको अन्तिममा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ७९ अंक छ । दोस्रो स्थानमा रहेको सिटीको ५७ अंक र चौथो स्थानमा रहेको चेल्सीको ४४ अंक छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *