सुनिल र शान्तिश्री आवाजमा ‘गाउँले’ सार्वजनिक

डिसी नेपाल
१९ फागुन २०७६ १२:२५

काठमाडौं। गायक सुनिल थापा र शान्तिश्री परियारको आवाजमा रहेको ‘गाउँले’ बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ। गीतमा आफूलाई गाउँले भन्दा खुशी लाग्ने गरेको भाव समेटिएको छ।

गीतका शब्द सपना रसाइलीले लेखेकी हुन् भने संगीत र एरेन्ज हेमन्त कान्छा रसाइलीले तयार पारेका हुन्। भिडियोमा हेमन्त कान्छा रसाइली, उमेश राई (फुलन्देको आमा), रुपा सुनार लगायतले अभिनय गरेका छन्।

भिडियोलाई उदिराम खड्का र विन्दु खड्काले निर्देशन गरेका हुन।सुरज खनाल र विक्रम काउछाले छायांकन गरेको भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन्। गीत बिसौनी क्रियशनको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *