इटलीमा ४८ घण्टामै कोरोना संक्रमितको संख्या दोब्बर, यूकेमा आपत्कालीन बैठक आह्वान

डिसी नेपाल
१९ फागुन २०७६ १२:४९

काठमाडौँ । चीनमा पछिल्ला केही दिनमा इटलीमा पनि कोरोनाका संक्रमण ह्वात्तै बढेको छ ।

इटलीमा ४८ घण्टामा सङ्क्रमित मानिसको दर दोबर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा झन्डै १,७०० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ।

यूकेमा ३६ जनामा सङ्क्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आपत्कालीन बैठक बोलाएका छन्।

चीनबाहिर सर्वाधिक सङ्क्रमण देखिएको दक्षिण कोरियामा थप ४७६ जना सङ्क्रमित भेटिएका छन्।

त्यहाँ ४,२१२ मा सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ। तीमध्ये ३,०८१ जना डेगु सहरका बासिन्दा हुन्।

डेगुमा सङ्क्रमण भएका ७३ प्रतिशत मानिहरू एउटा गिर्जाघरसँग सम्बन्धित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *