कतारमा थप ४ जनामा कोरोना संक्रमण

डिसी नेपाल
१९ फागुन २०७६ २२:१०
12
Shares

दोहा। कतारको स्वास्थ्य मन्त्रालय सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। संक्रमित मध्ये २ कतारी नागरिक छन् भने २ जना घरेलु कामदार रहेका छन्। घरेलु कामदारको राष्ट्रियता बारे केही खुलाइएको छैन।

यो सँगै कतारमा संक्रमितको संख्या ७ पुगेको छ। पहिलो पटक शनिवार इरानबाट फिर्ता ल्याइएका एक नागरिकमा कोरोना भएको पुष्टि भएको थियो। आइतबार थप दुईजना कोरोना संक्रमति फेला परेका थिए। उनीहरु पनि बिहीबार इरानबाट उद्धार गरी क्वारेन्टाइनमा राखिएका मध्येका थिए।

तर, सोमबार संक्रमित भएका ४ जनाबारे भने थप जानकारी दिइएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *