साउदी अरेबियामा पनि देखियो कोरोनाभाइरस, सरकारले गर्‍यो पहिलो संक्रमणको पुष्टि

डिसी नेपाल
२० फागुन २०७६ ९:४८

काठमाडौं। साउदी अरेबियामा पनि कोरोनाभाइरसको संक्रमण भेटिएको छ । साउदी प्रेस एजेन्सीलाई उद्धृत गर्दै साउदी ग्याजेटले लेखेअनुसार इरानबाट बहराइन हुँदै आफ्नो देश फर्केका एक साउदी नागरिकमा संक्रमणको पुष्टि भएको हो । साउदीको स्वास्थ्य मन्त्रालयले सोमबार एक साउदी नागरिकमा संक्रमण देखिएको पुष्टि गरेको हो ।

ती नागरिकलाई अस्पतालमै क्वारेन्टाइनमा राखिएको र थप उपचार अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । ती यात्रु पानीजहाजबाट साउदी फर्किएका थिए । मन्त्रालयका अनुसार ती संक्रमित व्यक्तिको सम्पर्कका रहेका सबैको नमूना संकलन गरी परीक्षणको लागि प्रयोगशाला पठाइएको छ । मन्त्रालयले सबै नागरिकलाई भाइरसबारे जानकारी लिन ९३७ सेवा केन्द्रमा सम्पर्क गर्न र हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *