अमेकिराको वासिङ्टन डिसीस्थित पशुपति-बुद्ध मन्दिरमा होली खेलिँदै

डिसी नेपाल
२० फागुन २०७६ १२:३२

वासिङ्टन डिसी । अमेरिकाको वासिङ्टन डिसी स्थित नेपालीहरुको पशुपति-बुद्ध मन्दिरमा फागु पर्व अर्थात होली कार्यक्रम आयोजना गरिने भएको छ ।

नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टर र एसोशियसन अफ नेपाली तराई इन अमेरिकाको संयुक्त आयोजनामा होली पर्व यहि चैत्र ९ गते अर्थात मार्च २२ तारिख आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म हुने भएको हो ।

विधिवत रुपमा नेपालको हिमाली क्षेत्रमा यो वर्षको होली पर्व फागुन २६ गते सोमबार मार्च ९ तारिख तथा तराईमा २७ गते मंगलबारका दिन होली पर्व परेपनि अमेरिकामा समय अनुकुल चैत्र महिनाको ९ गते मनाउन लागिएको हो।

आयोजकले अमेरिकामा वसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई पशुपति बुद्ध मन्दिरमा उपस्थित भई यो वर्षको होली पर्वलाई भव्य र सभ्य बनाउन अनुरोध समेत गरेको छ ।

विस्तृत जानकारी तलको तालिकामा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *