पुष्प कसलाई भन्दैछन् ‘फिल्म हेर्न जाउँ’ ?

डिसी नेपाल
२० फागुन २०७६ १२:३४

काठमाडौं। ‘फिल्म हेर्न जाउँ’बोलको गीत सार्वजनिक गरिएको छ।

नरेश जोगी र सुष्मा श्रेष्ठको आवाजमा रहेको गीतको भिडियोमा अभिनेता पुष्प खड्का र सुकमित गुरुङ फिचर्ड छन्। त्यस्तै बाल कलाकार सर्वज्ञ काफ्ले र जेविका रेउलेले बाल कलाकारका रुपमा अभिनय गरेका छन्। गीतमा वर्षौपछि भेट भएका दुई वालापनका साथीहरु वालापनको याद स्मरण गरेका छन्।

गीतको शब्द तथा संगीत गायक नरेश स्वयंमको हो। त्यस्तै, गीतमा विशाल निरौलाको एरेञ्ज छ।

विक्रम चौहानको निर्देशनमा तयार भिडियोलाई अर्जुन तिवारी र उनको टिमले छायांकन गरेका हुन्। मिलन विश्वकर्माले भिडियोको सम्पादन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *