कोरोना भाइरस संक्रमितले जन्मदिनको पार्टीमा साथीहरुलाई बोलाएपछि…

डिसी नेपाल
२० फागुन २०७६ २०:०३

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनको वुहानबाट फैलिएको रहस्यमीय कोरोना भाइरस हाल विश्वका करिब ६० देशमा फैलिँदा दक्षिण छिमेकी मुलुक भारतमा पनि महामारीकै रुपमा फैलिने देखिएको छ। भारतको दक्षिणी राज्य केरलामा पहिलो पटक देखिएको कोरोना पछिल्ला दिनमा दिल्ली, तेलंगना र उत्तरप्रदेशमा देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उत्तरप्रदेशको नोएडामा पछिल्लो पटक कोरोना भाइरस फेला परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

समाचारअनुसार गौतमबुद्ध नगर (नोएडा)का चीफ मेडिकल अफिसर डा. अनुराग भार्गव र एसीएमओ डा. सुनील दोहरेले इण्डिया टुडेसँग दिल्लीका एक कोरोना संक्रमित व्यक्तिले शुक्रवार दिल्लीस्थित हयात होटलमा आफ्नो जन्म दिनको पार्टी राखेको बताएका छन्। पार्टी २८ फेब्रुअरीमा दिइएको जनाइएको छ। नोएडाका दुई परिवार यो पार्टीमा सहभागी भएका थिए। सीएमओले यो पूरा घटनाबारे उत्तरप्रदेश सरकारलाई सूचना दिइएको बताएका छन्।

नोएडामा कोरोना भाइरस फेला परेको सरकारी अधिकारीले पनि पुष्टि गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अधिकारीहरुले २८ फेब्रुअरीमा दिल्लीम जन्म दिनको पार्टी दिने व्यक्ति संक्रमित भएको पुष्टि गरेका छन्। (एजेन्सीहरुको सहयोगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *