नेपाल भ्रमण सकेर स्पेन फर्किएका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु

डिसी नेपाल
२१ फागुन २०७६ ८:१८

काठमाडौँ । केही समय अघि नेपाल भ्रमण सकेर स्पेन फर्किएका एक व्यक्तिको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

नेपाल भ्रमण गरेर फर्किएका ति व्यक्तिको गत फेब्रुवरी १३ का दिन स्पेनको आर्नउ डे भिलानोभा अस्पतालमा मृत्यु भएको स्पेनी स्वास्थ्य विभागलाई उदृत गर्दै डेली मेलले जनाको छ ।

नेपाल भ्रमण सकेर फर्किएलगत्तै बिरामी परेका उनको उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा ज्यान गयो । मृत्यु पश्चाल अस्पतालले निमोनियाका कारण ज्यान गएको बताए पनि हाल आएर उनको मृत्यु कोरोना भाइरसको संक्रमणबाटै भएको पुष्टी भएको समाचारमा जनाइएको छ ।

हाल भ्यालेन्सिया समुदायमा दुई नयाँ संक्रमित थपिएसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ पुगेको छ।

कोरोना भाइरसबाट स्पेनमा अहिले १६५ जना संक्रमित छन् जसमध्ये ४६ जना मड्रिडका हुन् ।

डेली मेलका अनुसार, उनलाई नेपालमै कोरोनाको संक्रमण भएको हो या अन्य ठाउँबाट भएको भन्ने बारे चाँही अझै खुल्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *