प्रधानमन्त्री कप महिला भलिबलः पुलिस च्याम्पियन

डिसी नेपाल
२१ फागुन २०७६ १७:१७

काठमाडौं । नेपाल पुलिस क्लबले छैटौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

नेपालगञ्ज कर्भडहलमा बुधबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

मुख्य स्पाइकर सरस्वती चौधरी र नेविका चौधरी बिना प्रतियोगिता खेलेको एपीएफलाई पुलिसले २५–१६, २५–१७ र २५–१८ को सेटमा पराजित गर्यो । सरस्वती र नेविका चोटका कारण टिम बाहिर रहेका छन् ।

उपाधिसँगै पुलिसले २ लाख प्राप्त गरेको छ । एपीएफले भने १ लाखमा चित्त बुझायो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले ५० हजार प्राप्त गरेको छ ।

बुधबार नै भएको खेलमा होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो । बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको थियो ।




प्रतिक्रिया