कोरोनाभाइरसबाट बच्न चीनमा कपाल काट्ने अनौठो तरिका (भिडियोसहित)

डिसी नेपाल
२२ फागुन २०७६ १३:०२

काठमाडौं। कोरोनाभाइरसबाट चीनमा ८० हजारभन्दा धेरै संक्रमित भएका छन् । तीन हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । चीनमा कोरोनाभाइरसको डर बढ्दा यहाँका हेयर ड्रेसरहरुले कपाल काट्ने अनौठो तरिका निकालेका छन् । उनीहरु ४ फिट टाढाबाट कपाल काटिरहेका छन् । यसरी टाढाबाट कपाल काटिएका भिडियोहरु अहिले भाइरल भइरहेका छन् ।

चीनको हेनान प्रान्तका सैलुनमा हेयर ड्रेसरहरुले कपाल काट्ने र स्टाइलिङको काम टाढाबाट गरिरहेका छन् । उनीहरु लामा लामा डण्डामा आफ्ना कैंची, ट्रिमर, काइँयो आदि बाँधेर कपाल काटिरहेका छन् । हेनानमा मात्र नभइ सिचुआन प्रान्तको लुझोउमा पनि यस्तै तरिका अपनाइएको छ । यसलाई चीनका मानिसहरु लंग डिस्टेन्स हेयर कटिङ भन्छन् । लुझोउका हेयर स्टाइलिस्ट हे बिंगका अनुसार क्वारेन्टाइन लगभग सकिएर मानिसहरु बाहिर निस्किन लागेका बेला आफूहरुले पनि सतर्कता अपनाउनुपरेकोले यस्तो गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *