मेलिना र आरसीको आवाजमा ‘लालपुर्जा’ [भिडियो]

डिसी नेपाल
२२ फागुन २०७६ २१:००

काठमाडौं। मेलिना राई र आरसी सापकोटाको आवाजमा रहेको ‘लालपुर्जा’बोलको गीत सार्वजनिक गरिएको छ।

केही दिनअघि सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्री र रक्षा श्रेष्ठलाई फिचरिङ गरिएको छ। सुनिल र रक्षाले जोडी बनेर थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन्।

रमेश परियारको शब्द तथा संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेञ्ज गरेका हुन्। सुनिल नेउरेको निर्देशनमा बनेको भिडियोलाई टंक केसीले छायांकन तथा अराज केशवले सम्पादन गरेका हुन्।

यो गीतको भिडियो गायक आरसीकै युट्युब च्यानलमा हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *