डोल्पामा फैलिएको रोग कोरोना नभई मौसमी रुघाखाकी भएको पुष्टी

डिसी नेपाल
२५ फागुन २०७६ ११:१६

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ ।
तीनदिन अघि हेलिकप्टरबाट सुर्खेत ल्याइएका तीन जना बिरामिको नमुना काठमाडौँ पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रवार बेलुकीमात्रै रोगको पुष्टि भएको हो ।

गाउँनै थला पार्ने गरि दुईसाता देखि फैलिएको उक्त रोग कोरोना नभई मौसमि रुघाखोकी भएको जिल्ला अस्पतालका डा.मेलिना हमालले जानकारी दिइन् ।

‘शुक्रबार साझँ मात्रै टेकुबाट ल्याब परीक्षणको रिपोर्ट आयो, रिपोर्टमा अरुबेला लाग्ने जस्तै मौसमि रुघाखोकी भएको पुष्टि भएको छ’ डा. हमालले भनिन्।

‘सरसफाइमा ध्यान नदिँदा एक पछि अर्को गर्दै गाउँभरी नै रोग फैलिएको हो, त्यति मात्र नभई रुघाखोकी लाग्दा सहि तरिकाले मास्कको प्रयोग नगर्न,पानी उमालेर नखाने, जहाँ पायो त्यहि फोहोर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुराहरुमा ध्यान नदिँदा रोग फैलिएको पायौँ ।’

अन्तिम दिनमा सबै स्थानीयलाई भेला गरेर सरसफाई कसरी गर्ने, सामान्य घा खोकी, झाडा पखाला लाग्दा कसरी बच्ने लगाएतका स्वास्थ्य सम्बन्धी धेरै कुराहरु सिकाएको डा. हमालले बताइन् ।

पाँचजना स्वास्थकर्मीले लेखनाथ आधारभुत बिद्यालयमा क्याम्पनै खडा गरेर नियमित उपचार सुरु गरेपछि अहिले बिरामीको अवस्थामा सामान्य भएको छ।

दैनिक औषधि खाएपछि आफुहरु पहिलाको जस्तै स्वस्थभएको एकसाता देखि थला परेका स्थानीय बुजबहादुर बोहोराले बताए । दुईसाता देखि थला परेका रुघाखोकी, ज्वरो र पखालाका एक सय ५० जनाको नियमित उपचार गरेपछि बिरामीहरु सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको डा. मेलिना हमालले बताइन् ।

सरसफाईमा ध्यान नदिएकै कारणले एकपछि अर्को गर्दै ५७ घरधुरी भएको गाउँ भरिनै मौसमी रुघाखोकीे फैलिएको स्वास्थकर्मीले बताए । गाउँदेखि स्वास्थचौकी डेड घण्टा टाढा भएकाले त्यहाँको स्वमं सेविकालाई तालिम दिएर औषधिको जिम्मा दिनुपर्ने स्वास्थकर्मीले बताएका छन् ।

‘यति सानो गाउँकालागि राज्यले हेलिकप्टरमा औषधि सहित डाक्टर पठायो, त्यस्तै स्थानीय स्वास्थकर्मी पनि पुगे, सयौँको सङ्ख्यामा रहेका बिरामीको उपचार सम्भव भयो” वडा नं १ का वडा सदस्य ज्ञानबहादुर बुढाले भने ।’

साथै बुढाले गाउँको वास्तबिकअवस्था समयमै बाहिर ल्याएर सबैको ध्यानाकर्ष गर्ने मिडिया, त्रिपुरासुन्दरी नगरपालिका, जिल्ला अस्पताल, जिल्लाप्रशासन, प्रदेश सरकार, संघीय सरकार र विशेष गरेर स्वास्थकर्मीप्रति बुढाले आभार प्रकट गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *