सांसदले कोरोनाभाइरलाई च्यालेन्ज गर्दै भने – ‘सक्छ भने आएर देखाओस्’

डिसी नेपाल
२५ फागुन २०७६ १५:२२

काठमाडौं। कोरोनाभाइरसे विश्वभर त्रासको वातावरण सृजना गरेको छ । धेरै देशमा संकटकालको घोषणा गरिएको छ । छिमेकी देश भारतमा पनि सरकारले भाइरसका विषयमा अलर्ट जारी गरेको छ । तर, प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाका विधायक नन्द किशोर गुर्जरलाई यसको कुनै मतलब छैन । उनले त ठाडै कोरोनाभाइरसलाई ‘सक्छ भने आएर देखाओस्’ भनेर च्यालेन्ज गरेका छन् ।

भारतीय मिडिया न्यू १८ का एक पत्रकारसँग टेलिफोनमा कुरा गर्दै उनले यस्तो बयान दिएका हुन् । उनले गाई हुने ठाउँमा कोरोनाभाइरस नआउने दाबी गरेका छन् । लोनी भन्ने ठाउँको स्वास्थ्य केन्द्रको हालत खराब भएको विषयमा गुर्जरलाई प्रश्न गरिएको थियो । त्यसमा गुर्जरको जवाफ थियो, ‘लोनीमा रामराज्य छ, यहाँ कोरोना आउने हिम्मत गर्दैन । यहाँ नौवटा गौशाला छन् । मानिसहरू धर्मप्रति जागरुक छन् । गाई हुने ठाउँमा कुनै पनि भाइरस आउँदैन । संसारभरिका भाइरसलाई म चुनौती दिन्छु, आएर त देखा ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *