चमेरो किन उल्टो झुण्डिन्छ? यस्तो छ कारण

डिसी नेपाल
२८ फागुन २०७६ ८:१२

काठमाडौं। हलिउड फिल्मका सबैभन्दा चर्चित क्यारेन्टर ब्याटम्यानलाई नचिन्ने कमै होलान्। ब्याटम्यान फिल्म हेरेपछि तपार्ईँलाई चमेरोप्रतिको रुची बढेको हुनुपर्छ। चमेरो आकाशमा उड्ने एक स्तनधारी प्राणी हो। जो रुखको हाँगामा, अँधेरो गुफामा उल्टो परेर झुण्डिएर बस्छ।

चमेरो उल्टो झुण्डिएर बसेको देख्दा सबैको मनमा उत्सुकता जाग्नु स्वभाविक हो। तर के तपाईँलाई थाहा छ, चमेरो किन उल्टो गरी झुण्डिएर बस्छ? चमेरो आखिर सिधा किन बस्न सक्दैन? यसको पछाडिको कारण थाहा पाउनु भयो भने तपाईँ चकित पर्नुहुन्छ।

चमेरो एकमात्र यस्तो स्तनधारी जीव हो जो उड्न सक्छ। विश्वभरमा चमेराको हजार भन्दा धेरै प्रजाति छन्। ती मध्ये केही चमेरा यस्ता पनि हुन्छन्, जसले रगत पिउँछन्। यही कारण उनीहरुलाई ‘पिशाच चमेरो’ पनि भनिन्छ।

वैज्ञानिकहरुका अनुसार चमेरो आजभन्दा दश करोड वर्ष पहिला अर्थात डायनासोरको पालामा नै धर्तीमा थियो, र आज पनि छ। जो आफैंमा अनौठो विषय हो।

आखिर चमेरो किन उल्टो झुण्डिन्छन्? यसका पछाडि एउटा कारण अनुसार उल्टो गरी झुण्डिँदा सजिलै उडान भर्न सकिन्छ। अन्य पंक्षी जसरी चमेरोले जमिनबाट उडान भर्न सक्दैन।

किनभने चमेराले पखेटा आफैं उठाउन सक्दैन, जति उड्नको लागि आवश्यक हुन्छ। त्यस बाहेक उसको पछाडिको खुट्टा पूर्ण रुपमा विकसित भएका हुँदैनन्।

जसका कारण दौडिएर गति समाउन सक्दैन। त्यसो भए चमेरो सन्तुलन गुमाएर किन लड्दैनन् भन्ने प्रश्न आउन सक्छ। त्यसको पछाडिको कारण के हो भने चमेरोको खुट्टाको नशा यस्तो व्यवस्थित हुन्छन् कि चमेरोको वजनले खुट्टालाई बलियोसँग समाउन मद्धत गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *