कोरोना कहरः विश्वका ११९ देशमा कोरोना संक्रमण, एकै दिन २७० जनाको मृत्यु (सूची सहित)

अमृत पौडेल
२८ फागुन २०७६ ८:४९

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिन–१९) बाट मंगलबार मात्रै २७० जनाको ज्यान गएको छ। यो सँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ९५ पुगेको छ ।

मंगलबार इटालीमा १६८ जना, इरानमा ५४, चीनमा २२, दक्षिण कोरियामा ७, स्पेनमा ६, फ्रान्समा ३, अमेरिकामा ४, जापान, स्वीजरल्याण्ड, लेबनान, पानामा, मोरक्को र युकेमा एक एक जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बुधबार बिहानसम्म ११९ देशमा कोरोनाको संक्रमण फैलिँदा विश्वभर १ करोड १९ लाख एक सय ७७ (१,१९,१७७) जना संक्रमित भएका छन् । जसमा मंगलबार मात्रै ४ हजार ७ सय ९६ जना संक्रमित भएका थिए ।

सोमबारसम्म ११३ देशमा देखिएको कोरोना संक्रमण मंगलबार थप ६ देशमा देखिएको हो । हालसम्म कोरोनाको संक्रमण देखिएका मध्ये ६६ हजार ६ सय १७ जना उपचारपछि घर फर्किसकेका छन् ।

चीनमा घट्दै कोरोना संक्रमण

करिब दुई महिनादेखि चीनमा महामारीको रुप लिएको चीनमा पछिल्ला केही दिनदेखि कोरोनाको संक्रमण ह्वात्तै घटेको छ ।

मंगलबार चीनमा जम्मा २४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो संगै चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ७ सय ७८ पुगेको छ।

मंगलबार कोरोना संक्रमणबाट २२ जनाको ज्यान गएसँगै चीनमा हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ५८ पुगेको छ।

इटलीमा महामारी बन्दै कोरोना

चीन पछि कोरोनाको प्रकोप इटलीमा देखिएको छ । इटलीमा पछिल्लो २४ घण्टामा मात्रै १६८ जनाको ज्यान गएको छ । यो संगै इटलीमा ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ ।

मंगलबार इटलीमा ९ सय ७७ जना नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या दश हजार एक सय उनान्पचास (१०,१४९) पुगेको छ ।

इरानमा पनि कोरोना प्रकोप उस्तै

कोरोनाको प्रकोप चीन, इटलीपछि इरानमा बढी देखिएको छ । इरानमा बुधबार बिहानसम्म २९१ जनाको ज्यान गएको छ । मंगलबार मात्रै इरानमा ५४ जनाको ज्यान गएको इरानी स्वास्थ्य विभागले जनाएको छ।

बुधबार बिहानसम्म ८ हजार ४२ जना संक्रमित भएका छन् ।

बेलायतकी स्वास्थ्य मन्त्री नै संक्रमित

बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ।

बेलायतकी स्वास्थ्य मन्त्री तथा तथा कन्जर्भेटिभ पार्टीकी सांसद डोरीजले आफुलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएकी हुन् ।

बुधबार बिहानसम्म बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको ज्यान गइसकेको र ३८३ जना संक्रमित भएका छन्।

दक्षिण कोरियामा संक्रमण उच्च

दक्षिण कोरिया पनि कोरोना भाइरसको संक्रमण उच्च देखिएको छ। बुधबार बिहानसम्मा दक्षिण कोरियामा कोरोनाको संक्रमणबाट ६० जनाले ज्यान गुमाइसकेका छन् । ७ हजार ७ सय ५५ जना संक्रमित छन्।

पछिल्लो २४ घण्टामा कोरियामा ७ जनाको ज्यान गएको छ भने २७७ जना नयाँ संक्रमित फेला परेका छन् ।

फ्रान्समा ३३ जनाको मृत्यु

बुधबार बिहानसम्म कोरोनाको संक्रमणबाट फ्रान्समा ३३ जनाको ज्यान गएको छ । मंगलबार ३७२ जना नयाँ संक्रमित भेट्टिएसँगै संक्रमितको संख्या १ हजार ७ सय ८४ पुगेको छ।

अमेरिकामा ज्यान गुमाउनेको संख्या ३० पुग्यो

मंगलबार मात्रै अमेरिकामा कोरोनाको संक्रमणबाट ४ जनाको ज्यान गएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २ सय ७२ जना नयाँ संक्रमित फेला परेसँगै जम्मा संक्रमित हुनेको संख्या ९ सय ७६ पुगेको छ ।

फ्रान्समा पनि मृतकको संख्या उच्च

बुधबार बिहानसम्मा फ्रान्समा १ हजार ७ सय ८४ जना संक्रमित भएका छन् । जसका कारण ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ।

स्पेनमा एकै दिन ६ जनाको मृत्यु

स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको ज्यान गएको छ। यो सँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संक्रमित फेला परेका छन् । बुधबार बिहानसम्म संक्रमितको संख्या १ हजार ६ सय ९५ पुगेको छ । जसमध्य १०१ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

जापानमा १० जनाको मृत्यु

चीनपछि लगत्तै जापानमा देखिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय स्थिर देखिएको छ । बुधबार बिहानसम्म जापानमा १० जनाले ज्यान गुमाएका छन् । जापानमा मंगलबार ५७ जना नयाँ संक्रमित फेला परेसँगै जम्मा कोरोना संक्रमितको संख्या ५ सय ८७ पुगेको छ।

यस्तो छ ११९ देशमा कोरोना प्रभाव

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *