बीच शहरमा डुलिरहेको कुकुरलाई सिंह सम्झेर पुलिस बोलाएपछि…

डिसी नेपाल
२९ फागुन २०७६ १४:४५

मड्रिड। स्पेनको मोलिना डे सेगुरा शहरमा मानिसहरुले सडकमा डुलिरहेको कुकुरलाई सिंह सम्झेर तर्सिएका छन् । उनीहरुले डराएर पुलिसलाई फोन गरे । पुलिसले जाँच गर्दा त्यो सिंह नभइ कुकुर भएको खुलेको छ । पुलिसले ट्वीट गरेर यसबारे जानकारी दिएको छ । पुलिसका अनुसार एकभन्दा धेरै मानिसहरुले छुट्टाछुट्टै फोन गरेर शहरमा सिंह घुमिरहेको जानकारी दिएका थिए ।

पुलिसले सबैभन्दा पहिले त्यो जनावरलाई समातेर उसको शरीरमा लगाइएको माइक्रोचिप स्क्यान गरेर हेरेको थियो । जाँचमा त्यो सिंह नभइ पाल्तु कुकुर भएको पाइएको हो । सामाजिक संजालमा यसको तस्वीर भाइरल भइरहेको छ । खामा त्यो ठूलो कुकुरको रौं यसरी काटिएको थियो कि त्यो सिंहजस्तै देखिन्थ्यो । पुलिसले कुकुरलाई मालिककहाँ पुर्याइएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *