भारतमा कोभिन-१९ को संक्रमणबाट थप एक जनाको मृत्यु

डिसी नेपाल
१ चैत २०७६ ६:५४

काठमाडौँ । कारोना भाइरसको संक्रमणबाट भारतमा थप एक जनाको ज्यान गएको छ । यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

भारतको राजधानी दिल्ली नजिकै कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ती महिलामा मधुमेह र उच्च रक्तचापको समस्या यसअघिदेखि नै रहेको परिवारले बताएका छन्।

ज्यान गुमाएकी महिलामा उनको छोराबाट संक्रमण सरेको अनुमान छ।

फेब्रुअरीमा स्विजरल्याण्डबाट इटाली हुँदै भारत आइपुगेका ती युवामा कोरोना पुष्टि भएको केही दिनमा नै आमामा पनि कोरोना भएको पाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षका पुरुषको ज्यान गएको थियो ।

यस्तै शनिबार बिहानसम्म भारतमा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

जसमध्ये ६५ जना भारतीय नागरिक रहेको र अरु १७ जना विदेशी नागरिक रहेका छन् ।

भारतले हालसम्म ११ लाख ७१ हजार ६१ जनाको कोरोना परीक्षण गरेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *