रोनाल्डिन्होले जेलभित्रको फुटबल प्रतियोगिता खेलेर १६ किलो सुँगुरको मासु जित्न सक्ने

डिसी नेपाल
१ चैत २०७६ ८:५०

काठमाडौं। ब्राजिलका स्टार फुटबलर रोनाल्डिन्होले पाराग्वेको जेलको फुटबल प्रतियोगिता खेल्ने सम्भावना छ । यदि उनी यो प्रतियोगिता खेलेमा उनले पुरस्कारस्वरुप १६ किलो सुँगुरको मासु जित्न सक्नेछन् । जेलभित्र रहेका कैदी तथा बन्दीहरुका टिमबीच हुने यो प्रतियोगितामा विश्वकप विजेता रोनाल्डिन्होलाई आफ्नो टिममा ल्याउन जेलका टिमबीच प्रतिस्पर्धा भइरहेको स्पोर्टले लेखेको छ ।

रोनाल्डिन्हो नक्कली पासपोर्टसहित पाराग्वे पुगेपछि उनलाई त्यहाँ हिरासतमा राखिएको छ । ब्राजिललाई २००२ मा विश्वकप जिताएका ३९ बर्षिय रोनाल्डिन्होले १६ किलो सुँगुरको विशेष प्रकारले तयार गरिएको मासुको लागि फुटबल खेल्ने विषय अहिले पराग्वेमा चर्चाको विषय बनेको छ ।

आफ्ना दाजुसँग केहि साता अघि पराग्वेमा नक्कली पासपोर्ट प्रकरणमा हिरासतमा रहेका रोनाल्डिन्होले आफु नक्कली पासपोर्टमा यात्रा गरेको जानकारी नभएको अदालतमा बताएपनि अदालतले भने उनको सो दलिल अस्विकार गरेको छ । अदालतले उनी नक्कली पासपोर्टमा यात्रा गर्दै छन् भन्ने उनलाई थाहा छैन भने उनी मुर्ख हुन् भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *