कोरोनाभाइरसको पीडा मेडाउने पोर्न साइटको प्रिमियम सेवा निःशुल्क !

डिसी नेपाल
१ चैत २०७६ ११:०५

काठमाडौं। इटलीका नागरिकले पोर्न साइटका सशुल्क प्रिमियर सेवा निःशुल्क पाउनेभ एका छन् । विश्वकै ठूलो मानिएको पोर्न साइट पोर्नहबले इटलीका लागि आफ्नो सबै सेवा निःशुल्क खुला गर्ने घोषणा गरेको छ । यो बयस्क वेबसाइटले बिहीबार क्वारेन्टाइनमा रहेका इन्टरनेट प्रयोगकर्ताहरुले निःशुल्क प्रिमियम सुविधा पाउने जानकारी दिएको हो ।

पोर्नहबले यो कठिन समयमा इटलीका लागि आर्थिक सहयोग पनि गर्ने घोषणा गरेको न्यूयोर्क पोस्टको समाचारमा उल्लेख छ । ‘पोर्नहबले आफ्नो मोडलहबबाट मार्च महिनामा हुने आम्दानी इटलीलाई सहयोग गर्नेछ’ कम्पनीले ट्वीट गर्दै लेखेको छ ‘इटलीले यो महिनाभरी पोर्नहबको प्रिमियम सेवा पनि निःशुल्क प्राप्त गर्नेछ । इटली हामी तिमीलाई माया गर्छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *