कोरोना असरः हनुमानढोका दरबार स्क्वायर क्षेत्रको आम्दानी ह्वात्तै घट्यो

धनकुमार कार्की
१ चैत २०७६ १२:३७

काठमाडौं । चीनको वुहानबाट सुरु भएर यतिबेला बिश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपाल आउने पर्यटकको संख्यामा कमी आएको छ। यसले गर्दा हनुमानढोका दरबार स्क्वायर क्षेत्र घुम्न आउने पर्यटकको संख्यामा पनि कमी आएपछि यस क्षेत्रको आम्दानी घटेको छ।

गत बर्षको फागुन महिनामा दैनिक औसत ५ सय पचासी पर्यटकले यस क्षेत्र प्रवेश गर्दा प्रबेश शुल्कमात्र करिब ५ लाख पचास हजार उठ्ने गरेको तथ्याङ्क रहेको छ। घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कवापत १५० रुपैयाँ तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ।

कोरोनको प्रभाव बढ्दै गएपछि सरकारले नेपाल भ्रमण बर्ष २०२० स्थगित गरेको छ। सरकारले चीन, इरान, दक्षिण कोरीया, जापान, इटली,फ्रान्स, स्पेन र जर्मनीका नागरीकलाई अन अराइभल भिजा नदिने निर्णय गरेको थियो। स्थलमार्ग हुँदै नेपाल आउने तेस्रो मुलुकका लागि स्थलमार्ग समेत बन्द भएको छ।

यसले गर्दा हनुमानढोका दरबार स्क्वायर क्षेत्र घुम्न आउने पर्यटकको संख्यामा कमी आएपछि यसपालीको फागुन महिनाभर दैनिक औसत २ सय पचास जना मात्र घुम्न आएको तथ्याङक रहेको छ। यसरी हेर्दा यस क्षेत्रको आम्दानी आधा घटेको देखिन्छ।

यस्तै गत बर्षको होलीको दिनमात्र लगभग १४ सय पर्यटकले भ्रमण गर्दा करिब १२ लाख संकलन भएकोमा यसपाली होलीको दिन ५ सय पर्यटकले भ्रमण गर्दा करिब ४ लाख पचास हजार संकलन भएको हनुमानढोका दरबार क्ष्ोत्र संरक्षण कार्यक्रमका प्रमुख रोशनमान शाक्यले डिसी नेपाललाई बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *