यूएईले मंगलबारदेखि भिसा जारी नगर्ने

डिसी नेपाल
२ चैत २०७६ १४:५१

काठमाडौं। यूएईले आगामी मंगलबार मार्च १७ देखि कूटनैतिक राहदानी वाहकलाई बाहेक अन्य सबैलाई प्रवेश भिसा बन्द गर्ने भएको छ । यो निर्णय मार्च १७ भन्दा पहिल्यै भिसा पाइसकेकाको हकमा भने लागू हुने छैन ।

फेडेरल अथोरिटी फर आइडेन्टिटी एण्ड सिटिजनशिपले आज एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । अथोरिटीले देशमा फैलिइरहेको कोरोनाभाइरसको संक्रमण थप फैलनबाट रोक्नको लागि यस्तो निर्णय गरिएको जनाएको छ । अथोरिटीका अनुसार यो निर्णय त्यतिबेलाम्म लागू हुनेछ जतिबेला दुबई जाने यात्रु उड्ने विमानस्थल भएको देशले संक्रमण परीक्षणको विश्वसनीय व्यवस्थापन गर्दैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *