कोरोनाभाइरसले बढाइदियो पोर्नस्टारको व्यवसाय, एक्कासी आकाशियो कमाइ

डिसी नेपाल
३ चैत २०७६ १५:१६

काठमाडौं। विश्वभर फैलिइरहेको कोरोनाभाइरसले धेरैलाई आतंकित बनाएको छ तर यसले ‘क्याम गर्ल’हरुको कमाइ भने ह्वात्तै बढाइदिएको छ । वेबक्याममा ‘एकल कामुक’ प्रदर्शन गर्ने युवतीहरुका अनुसार उनीहरुको प्रस्तुती हेर्नेहरुको संख्या ह्वात्तै बढेको छ । कोरोनाभाइरका कारण घरमै थुनिएकाहरुले यी युवतीका कामुक प्रस्तुती हेरेर लकडाउन हुनुपर्दाको तनाव कम गर्ने गरेका छन् ।

‘पोर्न बेच्न चाहिरहेका बेला पूरै देश घरमै थुनिएको र उनीहरुसँग गर्ने काम मेही नभएको यो अवस्था कल्पना गरेजस्तै हो’ लस एन्जल्सकी पोर्नस्टार केट केन्नेडीले न्यूयोर्क पोस्टसँग भनिन् । २५ वर्षकी केन्नेडीले गत हप्ता ओन्लीफ्यान्स नामक साइटमा आफ्नो खाता खोलिन् जहाँ उनको कामुक प्रस्तुती हेर्न चाहनेहरुले प्रतिमहिना १० डलर तिर्छन् । उनका १०० सब्सक्राइकर छन् र उनले एक हप्तामै शुल्क र टिप्स गरेर हजार डलरभन्दा धेरै कमाइसकिन् ।

मियामीकी अर्की पोर्नस्टार जोसलिन जेनले पनि ओन्लीफ्यान्समा आफ्ना सब्सक्राइबरका लागि प्रस्तुती दिन्छिन् । अरुका लागि उनले यी कन्टेन्ट ५.९९ डलरदेखि ३२ डलरसम्ममा मेनीभिड्समा बेच्छिन् । उनले एक हप्तामा टिप्स र शुल्क गरेर १ हजार ७ सय डलर कमाइन् । यो यसअघिको उनको औसत कमाइ १ हजार ५० डलरभन्दा धेरै बढी हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *