अमेरिकाद्वारा डीभी र गैरआप्रवासी भिसा अपोइन्मेन्ट रद्द

डिसी नेपाल
३ चैत २०७६ १५:४८

काठमाडौं। अमेरिकाले डाइभर्सिटी भिसाा (डीभी) र गैरआप्रवासी भिसा अपोइन्मेन्ट अनिश्चित कालका लागि रद्द गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार एक सूचना जारी गर्दै यस्तो भिसा रद्द गरिएको जनाएको हो।

दूतावासले विश्वभर फैलिएको कोरोना भाइरसका कारण यस्तो व्यवस्था गर्नुपरेको जनाएको छ। दूतावासले रोकिएको यो भिसा कोरोना भाइरसको प्रकोपमा नियन्त्रण्मा आएपछि शुरु हुने विश्वास दिलाएको छ।

दूतावासको सूचनाः

भिसा आवेदकहरूका लागि कोभिड(१९ सम्बन्धी सूचनास् २०७६ चैत ४ गतेदेखि लागु हुने गरी काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको छ। हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्‍चालन गर्नेछौँ तर यस बखत भने निश्‍चित समय तोक्‍न असमर्थ छौँ। एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ । अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्नका लागि कृपया support-nepal@ustraveldocs.com बाट उपलब्ध गराइएका निर्देशनहरूको पालना गर्नुहोला।

कृपया ध्यान दिनुहोलास् निश्‍चित मुलुकहरूको यात्रामा रोक लगाइएको छ। थप जानकारीका लागि कृपया https://travel.state.gov/…/tra…/ea/covid-19-information.html मा गई “Presidential Proclamations Regarding Novel Coronavirus” (नोबेल कोरोनाभाइरससम्बन्धी राष्ट्रपतीय घोषणाहरू) भन्ने खण्ड अध्ययन गर्नुहोला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *