कोरोनाको त्रासमा न्युरोड र बसन्तपुर क्षेत्र सुनसान (फोटोफिचर)

डिसी नेपाल
४ चैत २०७६ १६:२०

काठमान्डौ । कोरोना भाइरस (कोभिड १९)ले यतिबेला बिश्वभर महामारीको रुप लिइरहेको छ । नेपालमा अहिलेसम्म संक्रमित नभेटिए पनि यसको असर भने परेको देखिन्छ ।

बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोनाको उच्च जोखिममा रहेको बताइरहेको भए पनि हालसम्म कुनैपनि केश पोजिटिभ देखा परेको छैन । सर्वसाधारणमा त्रास भने बढेका छ । उनिहरु सजग भएका छन् ।

सरकारले कोरोना भाइरसबाट बच्न भन्दै सर्वसाधारणलाई जथाभाबी भिडभाडमा नजान, आवश्यक कामका लागि मात्र घरबाहिर ननिस्कन, भिडभाडमा जाँदा मास्क अनिवार्य लगाउन अपिल गरेको छ ।

यसका साथै स्यानिटाइजर प्रयोग गर्न र बेलाबेला सफा पानीले हात धुन  भनेसँगै सर्वसाधारण थप सजग भएका छन् । राजधानिको एकदमै भिडभाड हुने क्षेत्र असन, महाबौद्ध, न्युरोड, वसन्तपुर, इन्द्रचोकमा दिउँसोको समयमा एकदमै सुनसान देखिन्छ ।

अरुबेला पर्यटक र व्यवसायीक मानिसदेखि सर्वसाधारणले खचाखच भरिएको देखिने काठमाडौंकै मुटु मानिने यस क्षेत्रमा कोरोनाको त्रासमा आवत-जावत कम भएको स्थानीय व्यवसायीहरु बताउछन् ।

स्थानीय व्यवसायीका अनुसार कोरोनाको त्रासले व्यवसायमा पनि ठूलो असर गरेको छ । मानिसहरुको आवतजावतमा कमि आएपछि व्यवसाय पनि कम हुँदै गएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *