खाडी मुलुक ओमन पनि ‘लकडाउन’

डिसी नेपाल
५ चैत २०७६ १४:००

मस्कट । कोरोना भाइरस (कोभिड–१९) फैलन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै ओमनले कडा कदम उठाउने निर्णय गरेको छ । कोरोना भाइरसबाट उत्पन्न परिस्थितिका विषयमा यहाँको सुप्रिम कमिटीले मंगलबार साँझ आफ्नो तेस्रो बैठक गृहमन्त्री हमद बिन फैस अल बुसैदीको अध्यक्षतामा आयोजना गरेको थियो । बैठकले कोरोना रोकथाम गर्न ओमनलाई लकडाउन गर्ने निर्णय गरेको हो ।

बुधवार दिउँसो १२ बजेदेखि देखि लागू हुने गरि ओमनी बाहेक सबै विदेशी नागरिकलाई तत्कालको लागि ओमन प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै आफ्ना नागरिक देशबाहिर जान पनि प्रतिबन्ध लगाइएको छ । प्रार्थनाबाहेकका अन्य समयमा सबै मजिस्दहरु बन्द रहने निर्णय गरिएको छ । यसबाहेक गैरमुलिम धर्मका सबै प्रार्थनास्थलहरुलाई बन्द गर्ने निर्णय गरिएको छ । देशभित्र सबै कार्यक्रम, सभाहरु स्थगित गरिएका छन् साथमा सबै सबै पर्यटकीय स्थलहरु तथा सार्वजानिक स्थल बन्द गरिने भएको छ ।

सामाजिक जमघटहरुमा प्रतिबन्ध लगाइएको छ र खाद्यन्न, र औषधी बाहेकका सबै व्यापारिक मल बन्द गर्न निर्देशन दिइएको छ । देशका विभिन्न शहरहरुमा रहेका सडक बजार बन्द हुनेछन् । बुधबार, बिहीबार र शुक्रबार संचालन हुने सडक बजार पनि बन्द रहनेछन् ।

यसअघि ओमनले कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सबै शैक्षिक संस्था एक महिनाका लागि बन्द गराएको थियो । ओमनमा हालसम्म ३३ जनामा यसको संक्रमण भेटिएको छ ।संक्रमित मध्ये १२ जना उपचारपछि पूर्ण रुपमा निको भएको मन्त्रालयको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *