न्यूयोर्कमा एकैदिन १२ हजारमा कोरोना संक्रमण, सिनेटर पल पनि संक्रमित

डिसी नेपाल
१० चैत २०७६ ०:३५

वासिंगटन डिसी । अमेरिकाको ठूलो व्यापारिक शहर न्यूयोर्कमा २२ हजार ७ सय १७ व्यक्तिहरु कोरोना भाइरस संक्रमित पाइएका छन् ।

आज एकैदिन १२ हजार ३ सय ४५ जना व्यक्तिहरु संक्रमित भएको पाइएपछि यो संख्या ह्वात्तै बढेको हो । संभवत आजसम्ममा एकैदिन यति धेरै व्यक्तिहरु संक्रमित भएको यो सबैभन्दा धेरै संख्या हो ।

अमेरिकाका सबै राज्यहरुमा गरी आजसम्म ३८ हजार १ सय ६७ जना व्यक्तिहरुमा संक्रमण प्रमाणित भएको छ । यो भाइरसका कारण जम्मा ३९६ जनाको मृत्यु भइसकेको छ भने आजमात्रै ९४ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच अमेरिकी संचारमाध्यमहरुले अमेरिकी सत्तारुढ दल रिपब्लिकन पार्टीका नेता तथा सिनेटर ऱ्याण्ड पल कोरोना भाइरसबाट संक्रमित भएको उल्लेख गरेका छन् । भाइरस संक्रमित हुने उनी पहिलो अमेरिकी सिनेटर हुन् । यसअघि तल्लो सदन कंग्रेसका दुई सांसदहरुमा यसको संक्रमण देखिएको थियो ।

सिनेटर पल आइसोलेसनमा रही उपचाररत रहेको र उनको स्वास्थ्य राम्रो रहेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । यसअघि उपराष्ट्रपति माइक पेन्सको कार्यालय ह्वाइटहाउसमा कार्यरत एकजना कर्मचारीमा पनि कोरोना संक्रमण प्रमाणित भएको थियो । उनी पनि उपचाररत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *