एउटी महिलाले गरिन् ५ हजार जनालाई संक्रमित, पूरै देशमा फैलियो कोरोनाभाइरस

काठमाडौं। कोरोनाभाइरसको प्रकोप पूरै विश्वभर फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारी घोषित गरिसकेको छ । नेपालमा पनि आइतबार बेलुकी आएको परीक्षणको नतिजामा १९ वर्षकी एक किशोरी संक्रमित पाइएपछि मंगलबारदेखि पूरै देशलाई लकडाउन गरिएको छ । लकडाउनका क्रममा कुनै पनि किसिमको लापरवाही नगर्न सरकारले अपिल गरिरहेको छ । यो स्थितिमा नेपालीले दक्षिण कोरियाकी ‘सुपर स्प्रेडर’ मानिएकी महिलाको घटनाबाट पाठ सिक्नु जरुरी देखिएको छ ।

यी महिलालाई ‘प्यासेन्ट ३१’ वा ‘केस ३१’को नामले चिनिन्छ । यी यस्ती महिला हुन् जसलाई दक्षिण कोरियाका कूल संक्रमितमध्ये ८० प्रतिशत नागरिकलाई संक्रमित गराउनमा जिम्मेवार मानिएको छ । उनी एक्लैले ५ हजार जनामा संक्रमण फैलाएको अनुसन्धानमा पाइएको छ । दक्षिण कोरियाका वैज्ञानिकहरुले गरेको जाँचमा यी महिलाको लापरवाहीका कारण दक्षिण कोरियामा महामारी फैलिएको खुलासा भएको हो ।

यी महिला संक्रमित भएपछि सबैभन्दा पहिले बिहानको प्रार्थनाका लागि दक्षिण कोरियाको शेन्चोन्जी चर्चमा गएकी थिइन् । उनी त्यहाँ गएपछि चर्चका १ हजार २ सय जना दस्यमा संक्रमण भेटियो । त्यसपछि यी महिला ६ फेब्रुअरीमा सामान्य दुर्घटनापछि अस्पताल पुगिन् । अस्पतालमा यी महिलालाई हल्का ज्वरो आएको पाइयो तर यो ज्वरोलाई बेवास्ता गरियो । उनलाई अस्पतालबाट घर पठाइयो तर उनी अस्पताल गएपछि त्यो अस्पतालका ११९ जनालाई कोरोनाभाइरसको संक्रमण देखियो ।

भाइरस फैलिने क्रम यहीँ रोकिएन । १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेका दिन ती महिला क्विन वेल होटलमा खाना खान गइन् । यहाँ पनि कैयौं मानिसहरु संक्रमित भए । यस्तै गरी भाइरस पूरै दक्षिण कोरियामा फैलियो र प्रारम्भिक चरणमा थाहा पनि हुन सकेन । दक्षिण कोरियाको राजधानी सोलमा जुन महिला संक्रमित थिइन् समयमै उनी संक्रमित भएको पत्ता लाग्न सकेन । उनी आम मानिसहरुको बीचमा घुलमिल भइरहिन् । वैज्ञानिकका अनुसार ती महिलाले झण्डै ५ हजार मानिसहरुलाई संक्रमित गरेको अनुसन्धानमा पाइएको छ ।

यी संक्रमित महिलामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनको बेड नम्बर ३१ थियो त्यसैले उनलाई ‘प्यासेन्ट ३१’ वा ‘केस ३१’को नामले चिन्न थालियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position