अत्यावश्यक सामाग्री पसल संचालन गर्न पाइने, भिडभाड नगर्न अनुरोध

डिसी नेपाल
११ चैत २०७६ १७:२९

काठमाडौं । सरकारले ‘लकडाउन’को अवधिमा औषधि, खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक सामाग्री बिक्री गर्ने पसल संचालन गर्न दिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गरी भिडभाड नगरी सुरक्षा अपनाउदै पसल संचालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले औषधि एवं जनस्वास्थ्यसँग सम्बन्धित आवश्यक सामग्रीहरु उत्पादन गर्ने उद्योग तथा स्वास्थ्य जीवनसँग सम्बन्धित आवश्यक सामग्री, खाद्य पदार्थ, दुग्धजन्य पदार्थ, पिउने पानीसँग सम्बन्धित उद्योग, अस्पताल तथा चिकित्सा सेवासँग सम्बन्धित उद्योग, इन्टरनेट, सुरक्षा तथा सरसफाइसँग सम्बन्धित उद्योग, पेट्रोलियम पदार्थ तथा ग्याससँग सम्बन्धित उद्योगहरु यथावत रूपमा संचालन गर्न भनिएको छ ।

यी उद्योगबाट उत्पादन हुने वस्तु पनि बजारसम्म लैजान र विक्री वितरण गर्न पनि दिने मन्त्रालयले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *