२६ वर्षका ‘हिरो’ डाक्टर जसले कोरोनाभाइरस संक्रमितलाई बचाउँदा आफ्नै बलिदान दिए

डिसी नेपाल
१३ चैत २०७६ १५:१०

काठमाडौं। पूरै विश्वमा कोरोनाभाइरसको प्रकोप जारी छ । हाम्रो छिमेकी देश पाकिस्तानमा पनि संक्रमितको संख्या लगातार बढिरहेको छ । पाकिस्तानमा अहिलेसम्म १ हजार १०२ संक्रमित भइसकेका छन् भने ८ जनाको जनाको ज्यान गइसकेको छ । यहाँ डाक्टरहरु आफ्नै ज्यानको समेत माया मारेर संक्रमितको उपचारमा जुटेका छन् । यही बीचमा संक्रमितलाई बचाउन दिनरात नभनी लागेका एक युवा पाकिस्तानी डाक्टरले भने कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यी डाक्टरको नाम उसामा रियाज हो । उसामाको उमेर २६ वर्ष थियो । उनको हालै कोरोनाभाइरसको कारण मृत्यु भयो । बताइएअनुसार बिरामीहरुको उपचार गर्ने क्रममा उनीसँग न मास्क थियो र पञ्जा नै थिए । यस्तो परिस्थितिमा पनि आफ्नो ज्यानको पर्वाह नगरी उनले कैयौं मानिसहरुको उपचार गरे । द एक्सप्रेस ट्रिब्युनका अनुसार उसामा पाकिस्तानका लागि एक हिरो बनेर अगाडि आएका छन् । गिलगित बल्तिस्तान सरकारले उनलाई राष्ट्रिय हिरो घोषणा गर्ने निर्णय गरेको छ ।

उसामा रियाज कोरोना पोजिटिभ देखिएको २ दिनपछि उनको स्वास्थ्य निकै बिग्रिएको थियो । त्यसपछि उनलाई जिल्ला मुख्यालय अस्पतालमा भर्ना गरिएको थियो जहाँ उनलाई भेन्टिलेटरमा राखिएको थियो । आइतबार उनको निधन भयो । उसामाको मृत्युपछि उनका साथीहरुले सरकारसँग आवश्यक संसाधन उपलब्ध गराउन माग गरेका छन् । जानकारीका अनुसार उसामासहित १० डाक्टरको टिम इरानबाट फर्किएका पाकिस्तानीहरुको उपचारमा खटिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *