लकडाउन तोडेर बाहिर निस्किन खोजेका दाईलाई भाइले रोके, रिसाएका दाइले त्यहीँ मारिदिए

डिसी नेपाल
१४ चैत २०७६ ९:०३

काठमाडौं। कोरोनाभाइरसको बढ्दो प्रकोपका कारण नेपाल पूरै लकडाउन छ । भाइरसको संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै प्रहरीले सर्वसाधारणलाई घरबाहिर ननिस्किन आग्रह गरेको छ। लगडाउनको अवज्ञा गर्ने हजारौंको संख्यामा सवारीलाई कारवाही गरिएको छ । लकडाउन नमानेर सडकमा निस्किएकी र प्रहरीसँगै झगडा गर्न खोजेकी एक युवतीलाई प्रहरीले झापड हानेको भिडियो सामाजिक संजालमा भाइरल छ ।

नेपालमा झापड हान्नेसम्मका घटना भए पनि छिमेकी देश भारतमा भने एक दाजुले भाइकै हत्या गरिदिएका छन् । नेपालमा लकडाउन लागू भएको भोलिपल्टदेखि भारतमा पनि लकडाउन लागू गरिएको थियो । यही क्रममा मुम्बइमा राजेश नामका दाजु आफ्नी पत्नीलाई लिएर बाहिर निस्कन लागेका थिए । तर, उनका भाइले यसरी बाहिर निस्किँदा भाइर घरसम्म आउन सक्ने भन्दै उनहिरु बाहिर निस्किने कुरामा आपत्ति जनाए ।

समाचार एजेन्सी एएनआइका अनुसार मुम्बइको कान्दीवलीमा बस्ने राजेश भाइको आपत्तिपछि यति रिसाए कि रिको झोंकमा उनले भाइको हत्या नै गरिदिए । यस विषयमा अहिलेसम्म जाँच रिपोर्ट नआएको बताइएको छ । मुम्बइ पुलिसले यसबारे जानकारी दिँदै घटना २५ मार्चको भएको बताएको छ । विस्तृत जानकारी अनुसन्धान पूरा भएपछि मात्र दिन सकिने पुलिले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *