एक अर्कालाई कोरोनाभाइरस फैलाएको आरोप लगाइरहेका अमेरिका–चीन एकसाथ

डिसी नेपाल
१४ चैत २०७६ ११:५२
28
Shares

काठमाडौं। यसअघि एक अर्कालाई कोरोनाभाइरस फैलाएको आरोप लगाइरहेका अमेरिका र चीन अन्ततः एकठाउँ भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच कोरोनाभाइरसको विषयमा कुराकानी भएको छ । बिहीबार भएको जी–२० मुलुकहरूको भिडियो कन्फरेन्सपछि ट्रम्प र चिनपिङबीच टेलिफोनमा कुराकानी भएको हो ।

सीसँगको टेलिफोन कुराकानीबारे ट्वीटरमा जानकारी दिँदै राष्ट्रपति ट्रम्पले कोरोनाबारे विस्तृतमा कुराकानी भएको बताएका छन् । ‘केहीबेरअघि राष्ट्रपति सीसँग निकै राम्रो कुराकानी भयो। हाम्रो दुनियाँको ठूलो भागलाई चपेटामा पारेको कोरोना भाइरसबारे विस्तृत छलफल गर्यौं। चीनले अहिलेसम्म यो भाइरसबारे गहिरो बुझाइ विकसित गरेको छ। हामी सँगसँगै काम गरिरहेका छौं,’ ट्रम्पले लेखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *