लकडाउनका कारण रक्सी पिउन नपाएपछि आत्महत्या

डिसी नेपाल
१४ चैत २०७६ १५:२३

काठमाडौं। लकडाउनका कारण अहिले अत्यावश्यक सामानहरु पनि सहजै पाइएका छैनन् । यस्तो अवस्थामा सोखको लागि प्रयोग गरिने सामानहरु त झनै पाइँदैनन् । भारतको केरलमा ३५ वर्षका एक व्यक्तिलाई यस्तै भएपछि आत्महत्या गरेका छन् । बताइएअनुसार उनले मदिरा पिउन नपाएपछि आत्महत्या गरेका हुन् ।

आज तकका अनुसार थ्रिसुरका सनोज नामका ती व्यक्ति मदिरा नपाएर तनावमा थिए । सामान्य दिनमा उनी दिनमा २ देखि ३ पटक बार जान्थे । तर, कोरोनाभाइरसका कारण देशमा लकडाउन छ । केरल सरकारले बुधबारदेखि मदिरा बिक्रीमा रोक लगाएको छ । यद्यपि यसअघि केरल रकारले महिरालाई पनि अत्यावश्यक वस्तुको श्रेणीमा राख्ने भनेको थियो तर विपक्षको दबाबका कारण सरकार पछि हट्यो ।

सरकारको यो फैसलाका कारण विगत २ दिनदेखि सनोज निकै तनावमा थिए । अन्ततः शुक्रबार उनको झुण्डिएको अवस्थामा लाश भेटियो । पुलिसले उनको अप्राकृतिक मृत्युको केस दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । सुरुवाती जाँचमा घटना आत्महत्याको देखिएको पुलिसले जनाएको छ । यसअघि यहीँ एक कैदीको जिल्ला अस्पतालमा मृत्यु भएको थियो । बताइएअनुसार उनले स्यानिटाइजरलाई मदिरा सम्झेर पिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *