सिसटोलवासीको अवरोधपछि काठमाडौंमा थुप्रियो फोहोर

डिसी नेपाल
१४ चैत २०७६ १८:२१

काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर फाल्ने ठाउँ नुवाकोटको सिसडोलका स्थानीयले अवरोध गरेपछि दुई दिनयता काठमडौंको फोहोर उठेको छैन। सिसडोलवासीले फोहोरका कारण कोरोना भाइरसको संक्रमण हुने जोखिम बढेको भन्दै फोहोर फाल्न अवरोध गरेका हुन।

स्थानीयको अवरोधका कारण ल्याण्डफिल्ड साइडमा फोहोर फाल्न नसकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले शुक्रबार फोहोर व्यवस्थापनबारे गृहमन्त्रालयमा छलफलसमेत गरेको छ।

गृहमन्त्रालयले फोहोर व्यवस्थापनका लागि स्थानीयको सुझाव पनि सुन्न महानगरसँग आग्रह गरेको छ। स्थानीयवासीले बिहान ८ बजेभन्दा पहिला नै फोहोर फालेर गाडी फर्किनुपर्नेसमेत माग राखेको र त्यो माग पूरा गर्न प्राविधिक समस्या रहेको महानगरले जनाएको छ।

ल्याण्डफिल्ड साइड जाने सडकमा बत्ति नभएकाले रातीमा गाडी जान सक्ने सम्भावना नरहेको महानगरले जनाएको छ। स्थानीयवासीले पटक पटक फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन्। पछिल्लो पटक उनीहरुले कोरोनाको जोखिमभन्दै अवरोध गरेका हुन्।

काठमाडौं महानगर क्षेत्रको फोहोर दुईदिन यता नउठेकोले सडकका कुना कुनामा फोहोर थुप्रिन शुरु भएको छ। महानगरले सिसडोलवासीसँग सहमति नहुँदासम्म फोहोर घर भित्रै राख्न महानगरवासीसँग अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *