कोरोनाभाइरससँग लड्न अमेरिकाले नेपाललाई १.८ मिलियन डलर सहयोग गर्ने

डिसी नेपाल
१५ चैत २०७६ ८:२४

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोनाभाइरसविरुद्ध लड्न अमेरिकाले नेपाललाई १.८ मिलियन डलर सहयोग गर्ने भएको छ । अमेरिकाले शुक्रबार विभिन्न ६४ देशका लागि १७४ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको हो । यसमध्ये नेपाललाई १.८ मिलियन डलर सहयोग नेपाललाई दिइने बताइएको छ ।

यो अमेरिकाले यसअघि फेब्रुअरीमा घोषणा गरेको १०० मिलियन डलर भन्दा अतिरिक्त सहयोग हो । नयाँ घोषणा गरिएको सहयोग यसअघि सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सहित अमेरिकाका विभिन्न विभाग र एजेन्सीले विश्वव्यापी रुपमा गर्दै आएको ठूलो सहयोगको एक हिस्सा हो । यो सहयोग कोभिड–१९ को सबैभन्दा उच्च जोखिममा रहेका देशहरुका लागि हो ।

अमेरिकाको स्टेट डिपार्टमेन्टले यो सहयोग प्रयोगशालाको तयारी गर्न, छिटो पहिचान र उपचारको व्यवस्था मिलाउन तथा प्रविधिक विज्ञहरुलाई सहयोग पुर्याउन लगायतका कामका लागि भएको जनाएको छ । सार्क राष्ट्रमा अमेरिकाले श्रीलंकालाई १.३ मिलियन, बंगलादेशलाई ३.४ मिलियन, अफगानिस्तानलाई ५ मिलियन र भारतलाई २.९ मिलियन डलर सहयोग गर्दैछ ।




प्रतिक्रिया

One thought on “कोरोनाभाइरससँग लड्न अमेरिकाले नेपाललाई १.८ मिलियन डलर सहयोग गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *