पूरै परिवारलाई कोरोनाभाइरस संक्रमित गराइदिने धम्की दिँदै ठूलो रकम फिरौती माग

डिसी नेपाल
१५ चैत २०७६ ९:१९

काठमाडौं। कोरोनाभाइरसँग अहिले विश्व त्रसित छ । यो डरलाई उपयोग गरेर अनलाइन फ्रड गर्ने ह्याकरहरु पैसा कमाउने दाउमा लागेका छन् । यस्तो फ्रडको बारेमा बेलायती साइबर सुरक्षा सफ्टवेयर र हार्डवेयर कम्पनी सोफोसको रिपोर्टमा खुलासा गरिएको छ । साइबर अपराधीहरु कहिले विश्व स्वास्थ्य संगठनका अधिकारी बनेर त कहिले कोरोनाभाइरसको नाममा फर्जी वेबसाइट बनाएर मानिसहरुलाई शिकार बनाइरहेका छन् ।

पछिल्लो समय साइबर अपराधीहरु एउटा धम्कीपूर्ण इमेल पठाउँदै यदि आफूलाई पैसा नदिए परिवारका सदस्यलाई कोरोनाभाइरस संक्रमित बनाइदिने धम्की दिइरहेको सोफोसको रिपोर्टमा उल्लेख छ । अहिलेसम्म सेक्सटोर्सनका इमेल गरिन्थे जसमा आफूसँग युजरका आपत्तिजनक तस्वीर भएको र पैसा नदिए सार्वजनिक गरिदिने धम्की दिइन्थ्यो । अब यी अपराधीहरु उक कदम अगाडि बढेर कोरोनाभाइरसको डरलाई हतियार बनाइरहेका छन् ।

साइबर अपराधीहरु इमेल पठाएर ४ हजार डलर बिटक्वाइनको रुपमा मागिरहेका छन् । यदि पैसा नदिए परिवारका सदस्यलाई कोरोनाभाइरस ंक्रमित गराइदिने धम्की दिइरहेका छन् । यो इमेलमा युजरको पुरानो पासवर्ड पनि बताइन्छ र यी ह्याकरहरु आफूलाई युजरका सबै पासवर्ड थाहा भएको दावी गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *