लकडाउनको पाँचौ दिन : शान्त र सुनसान काठमाडाैं

काठमाडौं। आज देश लकडाउन भएको पाँचौ दिन। सडक सुनसान छ नागरिक आफ्नो घर कोठामा छन्। सडकमा अत्याबश्यक बाहेकका सवारी साधन गुडेका छैनन्।

आवश्यकता, पीडा र आभावकाबीच जनताले सरकारलाई सहयोग गरेका छन्। यता तरकारी उत्पादक किसान, बिक्रेता र ग्राहक बीच सम्बन्ध टुटेको छ। किसानको तरकारीजन्य उत्पादन धेरै त खेतबारी टनेलमा छन्।

बजार आएको पनि पसलमा नै थन्किएको छ। अर्कोतर्फ ग्राहक उपभोक्ताले तरकारी फलफूल पाएका छैनन्, पाए पनि महँगो मूल्यमा खरिद गर्नु परेको छ। काठमाडौँ उपत्यकाको तरकारीको थोक बिक्री केन्द्र रहेको कालिमाटी बजारमा भने तरकारी कुहिन थालेको छ।

बिहान २ बजे देखि ६ बजे सम्म खरिद बिक्री गर्न निश्चित समय तोकिए पछि काठमाडौँ आएको तरकारी राम्रोसँग बिक्री भएको छैन। लामो सँग बिक्री नभएको हरियो तरकारी कुहिएर फाल्नुपरे पछि काठमाडौँ महानगरले कीटनासक औषधि छर्किनु परेको छ।

स्थानीय किसानको तरकारी बजार आउन नपाएको तर भारतबाट आउने तरकारी निर्वाध बजारसम्म आएको स्थानीय बिक्रेताले गुनासो पनि गरेका छन्। यस्तै बल्खु तरकारी बजारमा भने केहि चहलपहल देखिएको छ तर गुनासो भने उस्तै छ तरकारी बिक्री भएको छैन।

तरकारी कुहिएर जान थालेपछि मूल्य भने बढेको छ। कुहिएर बाँकी रहेको तरकारी बाट परलमोल उठाउन बिक्रेताले मूल्य बढाएको ग्राहकले गुनासो गरेका छन्। सरकारले तरकारी बजारमा भएको तरकारी उपभोक्तासम्म पुर्याउन छुट्टै संयन्त्र बनाउनु पर्ने देखिन्छ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position