महिलाले हाच्छ्युँ गरिन्, सुपरमार्केटले तत्कालै ४२ लाखको सामान बाहिर फ्याँकिदियो

डिसी नेपाल
१५ चैत २०७६ ११:३३

काठमाडौं। कोरोनाभाइरसको त्रास विश्वभर फैलिएको छ । यही त्रासका बीच सुपरमार्केटमा सामान लिन गएकी एक महिलालाई हाच्छ्युँ आयो । महिलाले हाच्छ्युँ गरिन् । तत्कालै मलबाट ४२ लाख रुपैयाँ मूल्य बराबरको सामान बाहिर फ्याँकियो । यद्यपि महिलालामई भने पुलिसले गिरफ्तार गरेको छ । घटना अमेरिकाको पेन्सलभेनियाको हो ।

सीएनएनको समाचार अनुसार यहाँको एक सपिङ मलले ३५ हजार डलर बराबरको सामान बाहिर फ्याँकिदिएको हो । महिलाले सपिङ मलको एक भागमा हाच्छ्युँ गरेकी थिइन् । स्टोरकिपरका अनुसार महिलाले स्टोरभित्र पस्नासाथ हाच्छ्युँ गर्न सुरु गरेकी थिइन् । महिलाले स्टोरमा राखिएका बेकरी र मासुका सामानमाथि नै हाच्छ्युँ गरिन् । त्यसपछि तत्कालै स्टोर मालिकले सबै सामान फयाँकिदिए ।

स्टोर मालिकले सामान फ्याँकेपछि पुलिसलाई बोलाए र महिलालाई हिरासतमा पठाइयो । मालिकलाई ती महिला कोरोना संक्रमित हुन सक्ने डर थियो । पुलिसका अनुसार महिलाले जानीजानी यस्तो गरेकी थिइन् । जाँच रिपोर्टमा महिलामा कोरोना संक्रमण पाइएको छैन । अहिले अमेरिका कोरोनाभाइरसबाट सबैभन्दा धेरै मानिसहरु संक्रमित भएको मुलुक बनेको छ । यहाँ ८३ जार ५ सय भन्दा धेरै संक्रमित भइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *